neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपाल स्काउटको ७० औं स्थापना दिवशमा विशेष रक्तदान कार्यक्रम

नेपाल स्काउटको ७० औं स्थापना दिवशमा विशेष रक्तदान कार्यक्रम

Jun 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ५ असार

कोभिड १९ को दोश्रो भेरियन्टको महामारीमा विश्व भरिनै रगतको आभाव भैरहेको वेला ललितपुरको महालक्ष्मी नगरपालिका र महालक्ष्मी नगरपालिका अन्र्तगतको स्काउटले संयुक्त रक्तदानको आयोजना चांगाथली व्यांकेटमा गरेको छ । रक्तदान कार्यक्रममा महिला ८ र पुरुष ४० गरी ४८ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा महालक्ष्मी नगरपालिका उपमेयर निर्मला थापा, महालक्ष्मी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नकुल थापा, नगर सदस्यहरु सादुराम श्रेष्ठ, दामोदर पौडेल, रेष्मा कार्की, नेकपा नेता अर्जुन थापा लगायत स्काउट राष्ट्रिय प्रशिक्षक रविराज पौडेल, स्काउट बागमती प्रदेश सदस्यहरु शिवराम अर्याल, प्रकाशराज पाण्डे, टिकाथली स्वास्थ्य कार्यालय प्रमुख अजय केशरी, ललितपुर महानगरपलिका स्काउट सदस्य नरेश अवाले, महाललक्ष्मी नगरपालिका स्काउट संयोजक मुना खनाल, स्काउट सदस्यहरू बिकास के.सी. विकेन्द्र महर्जन, सुरज महर्जन, शुशिल मरहठा, उज्वल घिमिरे, रेशम तामांग, अर्जुन बस्नेत, रमित बस्नेत, पुन्डिला खड्का, राजन बुढाथोकी, भारती विष्ट र समाजसेवी बेद लावती लगायत स्काउटका अन्य सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा रक्तदान, जिवनदान, महादान गर्नु हुने हरुलाई महालक्ष्मी नगरपालिका वड नंं. ७ का वडा अध्यक्ष नकुल थापाले प्रमाण पत्र वितरण गरेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi