neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चेक रिपब्लिकसँग बराबरीमा रोकियो क्रोएसिया

चेक रिपब्लिकसँग बराबरीमा रोकियो क्रोएसिया

Jun 19th, 2021

काठमाडौ, असार५

युरोकप फुटबलमा क्रोएसिया चेक रिपब्लिकसँग बराबरीमा रोकिएको छ।शुक्रबार राति भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलमा क्रोएसियाको लागि इवान पेरिसिले एक गोल गरे भने चेक रिपब्लिकको लागि पैट्रिक शिकले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने चेक रिपब्लिकले लिएको थियो। खेलको ३७ औं मिनेटमा पैट्रिक शिकले पेनाल्टीमा गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको ४७ औं मिनेटमा क्रोएसियाका इवान पेरिसिले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै समूह ‘डी’ मा रहेका क्रोएसिया र चेक रिपब्लिकले एक एक अंक बाडेका छन् ।चेक रिपब्लिकको २ खेलबाट ४ अंक छ र तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २-० गोलले पराजित गरेको थियो ।क्रोएसियाको २ खेलबाट १ अंक छ र तालिकाको तेस्रो स्थानमा छ । पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi