neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • विश्व हिन्दु परिषद नेपाल द्धारा पर्साको मठमन्दिरमा राहत वितरण

विश्व हिन्दु परिषद नेपाल द्धारा पर्साको मठमन्दिरमा राहत वितरण

Jun 18th, 2021

काठमाडौ, असार ४

कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउनबाट प्रभावित पर्साका विभिन्न मठमन्दिरका पुराजीहरुलाई विश्व हिन्दु परिषद नेपालले राहत वितरण गरेको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले बैशाख १६ गतेदेखि देशभरी नै लकडाउन लगाएको थियो ।
लकडाउनका कारण पर्सा जिल्लाका विभिन्न मठमन्दिरहरु निरन्तर बन्द रहेका छन । मठमन्दिर बन्द हुदाँ त्यहाँ रहेका पुजारीलाई दैनिकी चलाउँन समस्या हुदै आएको थियो । सरकारले राहत उपलब्ध नगराएपछि विभिन्न सहयोगि दाताले उपलब्ध गराएको राहतले जेनतेन जिविकोपार्जन गर्दै आएका छन ।

शुक्रबार परिषद नेपालले उपलब्ध गराएको राहतले पुजारीहरुमा थप मद्दत पुगेको छ । विहिपले मठमन्दिरका पुजारीहरुलाई राहत स्वरुप चामल, दाल, नुन, खानेतेल, आलु, प्याज लगायतको आवश्यक खाद्यन्न समाग्री उपलब्ध गराएको परिषदका महासचिव जितेन्द्र कुमार सिंहले बताए ।
विहिपले पर्सा जिल्लामा मात्र नभई देशभरीकै स साना मठमन्दिर जुन ठाउँमा राहतको आवश्यकता छ त्यो ठाउँमा पुगेर आवश्यक खाद्यन्न समाग्री तथा स्वास्थ्य समाग्री उपलब्ध गराउँदै आएको उनले बताए । उहाँहरुमा देखिएको अभावलाई थुरै भएपनि राहत उपलब्ध गराएर मल्हम लगाउँने काम मात्र गरेको उनले बताए ।

विश्व हिन्दु परिषदले आफनो समाजलाई संगठित बनाउँदै विपद् परेको अवस्थामा राहत तथा उद्दार कार्यमा अहोरात्र खट्ने गरेका छन । परिषदले असहायलाई भोजन व्यवस्था, मेडिकल शिविर, जाडोयाममा न्यानो कपडा वितरण, निशुल्क योग प्रशिक्षण, आयुर्वेद औषधालय संचालन, युवा लक्षितक स्वरोजकारमुलक प्रशिक्षण संचालन लगायतको आफनो सेवा संचालन गर्दे आएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi