neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बेल्जियम युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश

बेल्जियम युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश

Jun 18th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार ४

बेल्जियमले युरोकप फुटबलमा लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।बिहीबार राति भएको खेलमा बेल्जियमले डेनमार्कलाई २-१ गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्ड र केविन डी ब्रुएनले एक-एक गोल गरे।डेनमार्कका युसुफ पौल्सेनले एक गोल गरे।

खेलमा पहिलो अग्रता भने डेनमार्कले लिएको थियो। खेलको दोस्रो मिनेटमा युसुफ पौल्सेनले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १-० ले पछि परेको बेल्जियमले दोस्रो हाफमा दुई गोल गरेको हो ।

दोस्रो हाफको ५४ औँ मिनेटमा बेल्जियमका थोर्गन हाजार्डले विन डी ब्रुएनको पासमा गोल गर्दे खेल बराबरिमा फर्काए ।

त्यसपछि खेलको ७० औँ मिनेटमा केविन डी ब्रुएनले इडेन हाजार्डको पासमा गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।ब्रुएन खेलको ४६ औं मिनेटमा मर्टेन्सको स्थानमा मैदान प्रवेश गरेका थिए ।

जितसँगै समूह ‘बी’मा रहेको बेल्जियमले २ खेलबाट ६ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो ।

पराजित डेनमार्कको अंक विहीन तालिकाको पुछारमा छ । पहिलो खेलमा पनि डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi