neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

रामोसले १६ वर्षपछि छाड्दै रियल मड्रिड

Jun 17th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार ३

स्पेनिस महारथी क्लब रियल मड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले १६ वर्षपछि रियल म्याड्रिड छाड्ने भएका छन् ।

रियलले कप्तान रामोसले बुधबार क्लब छाडेको पुष्टि गरेको छ ।बिहीबार पत्रकार सम्मेलन गर्दै रामोसको बिदाइ गर्ने रियलले जनाएको छ । स्पेनिस सेन्टर ब्याक रामोसको रियलसँगको समझौता यही जुनको अन्त्यमा सकिँदैछ । रामोसले समझौता सकिने १३ दिन अघिनै रियल म्याड्रिड छाड्न लागेका हुन् ।

रामोस सन् २००५ मा सेभियाबाट रियल म्याड्रिडमा आएका थिए ।कप्तान रामोसले रियलकालागि ६ सय ७१ खेल खेलेका छन् भने १ सय १ गोल र ४० असिस्ट गरेका छन् ।यस्तै उनले रियलबाट ५ पटक ला लिगा र ४ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi