काठमाडौ, असार १
लक्ष्मी बैंकले युरो कप योजना सार्वजनिक गरेको छ । बैंकले मोवाईल मनी प्रिडिक्ट एण्ड वीन योजना सार्वजनिक गरेको हो । यस वर्ष आयोजना भईरहेको युरो कप २०२१ को सुरुवात संगै आए सँगै फुटबलका फ्यानहरुमा मात्र नभई अन्य सर्वसाधारणहरुमा पनि समेत यसको उमङ्ग छाएको देख्न सकिन्छ । सो उमङ्गमा अझ बढी उत्साह थप्न बैंकले एफ–वान सफ्टसफ्ट सँग मिली गोल… प्रिडिक्ट एण्ड वीन क्याम्पेन ल्याएको छ ।
बैंकका अअनुसार यो क्याम्पेन युरो कप २०२१ सुरुभएको दिनदेखि अर्थात जुन ११ देखी सुरु भएको हो र युरो कपको अन्त्य सम्म, अर्थात अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ । यस क्याम्पेनमा पाँच जना भाग्यशाली विजेताहरुले ५० एम.बि.पि.एस को १ वर्ष अवधिको ईन्टरनेट सब्स्क्रिप्सन निःशुल्क पाउन सक्नेछन ।
यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाईल मनी सेवा सुचारु गरेको हुनुपर्दछ र मोबाईल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सक्नेछन । मोबाईल मनी को ’फोन–पे डैरेक्ट’ वा अन्तर बैंक नगद ट्रान्स्फरबाट नगद ट्रान्सस्फर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ र यतिगरेपछि नै यस क्याम्पेनमा सहभागी हुन सकिनेछ ।
क्याम्पेनको अवधिपछि युरो कपको विजेता देशको सही अनुमान गर्ने ग्राहकहरु मध्येबाट लक्की ड्र मार्फत पाँच जनालाई विजेता घोषणा गरिनेछन् । विजेता ग्राहकहरुले जसले एक वर्षको ईन्टरनेट सब्स्क्रिप्सन निशुल्क पाउनेछन । ग्राकहरुले जतिधेरै पटक नगद ट्रान्स्फर गर्नेछन, त्यति नै धेरै जित्ने मौका पाउनेछन ।