neapl investment mega bank

झण्डै चार अंकले घट्यो नेप्से

Jun 15th, 2021

काठमाडौ, असार १

अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज मंगलबार भने झण्डै चार अंकले घटेको छ । नेप्से आज तीन दसमलव ७२ अंंकले घटेर तीन हजरा २२ दसमलव १० अंकमा पुुगेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव २५ अंकले बढेर पाँच सय ५० दसमलव २६ अंकमा चढेको छ । दुुई सय २६ वटा कम्पनीहरुको एक लाख ६४ हजार सात सय ९० पटकको कारोवारमा तीन करोड नौ लाख ४८ हजार आठ सय ५३ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार सात सय ३९ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा आठ वटा समुहको गुमाएकाछन भने पाँच वटा समुहले कमाएकाछन । सो मध्ये बाँणिज्य बैक समुहको सुचक छ दसमलव आठ अंकले घटेर १९ सय ९० दसमलव ८० अंकमा झरेको छ भने बिकास बैंंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स र लघुुबित्त समुहको सुचक पनि घटेकाछन । होटल तथा पर्यटन समुहको सुचक भने आज ५८ दसमलव २५ अंकले बढेर पाँच हजार नौ सय ३६ दसमलव ४६ अंकमा चढेकोमा उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सिईडिबी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा आईसीएफसी फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।