neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चेक रिपब्लिकको विजयी सुरुवात

Jun 15th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार १

युरोकप २०२० मा चेक रिपब्लिकले विजयी सुरूवात गरेको छ। सोमबार राति सम्पन्न भएको खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २-० गोलले पराजित गरेको हो ।

चेक रिपब्लिकलाई जित दिलाउन प्याट्रिक शिकले दुई गोल गरे ।चेक रिपब्लिकले एक गोल पहिलो हाफ र एक गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ४२ औँ मिनेटमा प्याट्रिक शिकले हेडरमार्फत गोल गर्दे टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको ५२ औँ मिनेटमा शिकले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै समूह (डी) मा रहेको चेक रिपब्लिकले तीन अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित स्कटल्याण्ड अंक विहीन तालिकाको पुछारमा छ ।दोस्रो स्थानको इंग्ल्यान्डको पनि तीन अंक छ भने तेस्रो स्थानको क्रोएसियाको अंक विहीन छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi