neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • हातहतियार खरखजना, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान तथा संगठित अपराधमा संलग्न गिरोह पक्राउ

हातहतियार खरखजना, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान तथा संगठित अपराधमा संलग्न गिरोह पक्राउ

Jun 15th, 2021

काठमाडौं, असार १

हातहतियार खरखजना, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कपिलवस्तु नगरपालिका-१ शिवमन्दिर टोल बस्ने महिमा पाण्डे, सोही ठाउँ आनन्दबाग बस्ने ३९ वर्षीय प्रकाश भन्ने ओम प्रकाश यादव, आनन्दबाग कैलाश टोल बस्ने ३५ वर्षीय पूर्णवीर पाल्पाली (कुम्हाल), सोही नगरपालिका-२ बर्दाहवा बस्ने सद्दाम हुसेन खान, यशोधरा गाँउपालिका-४ पोखरभिट्वा बस्ने राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डे, सोही गाउँपालिका-४ सेमरी बस्ने गोलु चौधरी भन्ने राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका-५ गोटिहवा बस्ने सिरिया भन्ने श्रीराम कुर्मी, कपिलवस्तु नगरपालिका-१ माझीटोल बस्ने ३६ वर्षीय मोटे भन्ने नरसत अलि, कपिलवस्तु नगरपालिका-२ बरगदहवा बस्ने २६ वर्षीय प्रबिण गुप्ता, रमजान साह मुसलमान र साकिर अलि पखिया रहेका छन् ।

कपिलवस्तु नगरपालिका-६ गोबरीस्थित सडकमा सोही नगरपालिका-१ शिव मन्दिर टोल बस्ने ३४ वर्षीय दिपक पाण्डे समेतलाई अपरिचित व्यक्तिहरुले गोली प्रहार गरी घाइते बनाएकोमा पाण्डेको जेठ १० गते मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

ओम प्रकाश यादव र मृतककी श्रीमती महिमा पाण्डे बिचको अनैतिक सम्बन्ध दिपक पाण्डेले थाहा पाएपश्चात आपसी बिवाद, मनमुटाव भएपछि महिमाले ओम प्रकाश समेतका व्यक्तिहरुलाई प्रयोग गरी जेठ ५ गते दिपकलाई गोली हानी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
साथै ओम प्रकाश यादवले लुकाई राखेको १ थान पेस्तोल, सो को म्याग्जिन तथा ६८ राउण्ड गोली, साकिर अलि पखियाले प्रयोग गरेको कटुवा पेस्तोल सहित २ थान गोली र रमजान साह मुसलमानले प्रयोग गरेको स्वचालित पेस्तोल, म्यागजीन तथा ८ राउन्ड गोली प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर संगठित अपराध सजाय ऐन, २०७० बमोजिम जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi