neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चिलीसँग बराबरीमा रोकियो अर्जेन्टिना

Jun 15th, 2021

काठमाडौं, १ असार

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना चिलीसँग बराबरीमा रोकिएको छ।

सोमबार राति सम्पन्न भएको खेलमा अर्जेन्टिनाले चिलीसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलमा अर्जेन्टिनाको लागि लिओनेल मेस्सीले एक गोल गरे भने चिलीको लागि एडुआर्डो वर्गासले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने अर्जेन्टिनाले लिएको थियो। खेलको ३३ औं मिनेटमा लिओनेल मेस्सीले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको ५७ औं मिनेटमा चिलीका एडुआर्डो वर्गासले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै समूह (बी) मा रहेका अर्जेन्टिना र चिलीले एक-एक अंक बाडेका छन् । अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ भने चिली तेस्रो स्थानमा छ ।

शीर्ष स्थानमा रहेको प्याराग्वेको तीन अंक छ भने चौथो स्थानमा रहेको उरूग्वे र पाँचौं स्थानमा रहेको बोलिभियाको अंक विहीन छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi