काठमाडौ, जेठ ३१
मुुलुकको कुल बैदेशिक निर्यात बढेको छ । नेपाल राष्ट्र बैंकले आज सोमबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी १० महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात ३२ दसमलव दुई प्रतिशतले वृद्धि भई एक खर्ब आठ अर्ब ४८ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात चार दसमलव पाँच प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ३५ दसमलव आठ प्रतिशत र २५ दमसलव तीन प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा १८ दसमलव चार प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको १० महिनामा कुल वस्तु आयात २२ दसमलव तीन प्रतिशतले वृद्धि भई १२ खर्ब ५४ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २९ दसमलव आठ प्रतिशत, १७ दसमलव दुई प्रतिशत र छ दसमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्पm तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ । चालुु आवको दश महिनामा कुल वस्तु व्यापार घाटा २१ दसमलव पाँच प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४ दशमलव दुई प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दसमलव छ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०७८ बैशाख महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक शुन्य दसमलव ४७ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक सात दसमलव एक प्रतिशतले बढेको छ । २०७७ बैशाख महिनामा एक दसमलव तीन प्रतिशतले बढेको व्यापारको शर्त २०७८ बैशाख महिनामा दुई दसमलव तीन प्रतिशतले घटेको छ । समीक्षा अवधिमा खुद सेवा आय ५४ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ७८ करोड ८२ लाखले बचतमा रहेको थियो ।
सेवा खाता अन्तर्गत समीक्षा अवधिमाभ्रमण आय ८९ दसमलव दुई प्रतिशतले कमी आई छ अर्ब २० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५७ अर्ब ५७ करोड रहेको थियो । समीक्षा अवधिमासेवा खाता अन्तर्गत भ्रमण व्यय ४२ दमसलव तीन प्रतिशतले कमी आई २९ अर्ब ४९ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय २२ अर्ब ५१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५१ अर्ब ७ करोड रहेकोमा शिक्षातर्फको व्यय २४ अर्ब ८२ करोेड रहेको थियो ।