neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

नेदरल्यान्ड्सको विजयी सुरुवात

Jun 14th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ ३१
रोकप २०२० मा नेदरल्यान्ड्सले विजयी सुरूवात गरेको छ। आइतबार राति भएको खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई ३-२ गोलले पराजित गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विजनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक-एक गोल गरे ।युक्रेनका एन्ड्रे यार्मोलेन्को र रोमन यारेमचुकले एक-एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्यान्ड्सले दोस्रो हाफमा अग्रता लिएको थियो ।खेलको ५२ औं मिनेटमा नेदरल्यान्ड्सका जर्जिनियो विजनाल्डमले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

खेलको ५८ औं मिनेटमा वाउट वेगहोर्स्टले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ७५ औं मिनेटमा युक्रेनका एन्ड्रे यार्मोलेन्कोले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।त्यसको चार मिनेटपछि रोमन यारेमचुकले गोल गर्दै खेल बराबरीमा फर्काए ।

तर, खेलको ८५ औं मिनेटमा नेदरल्यान्ड्सका डेन्जल डम्फ्राइजले गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।

जितसँगै समूह (सी) मा रहेको नेदरल्यान्ड्सले तीन अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा छ ।पराजित युक्रेन अंक विहीन तालिकाको तेस्रो स्थानमा छ ।शीर्ष स्थानको अष्ट्रियाको पनि तीन अंक छ भने पुछारको नर्थ म्यासेडोनियाको अंक विहीन छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi