काठमाडौँ, ८ मङ्सिर (रासस)
प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल जानुभएको छ ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि केही समयअघि अस्पताल जानुभएको र उहाँ स्वास्थ्य परीक्षणपछि आजै निवास फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । यसअघि गत कात्तिक १४ गते सोही अस्पतालमा प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचार गराउनुभएको थियो ।