neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

भरियालाई खाद्यान्न सहायता वितरण

Jun 13th, 2021

काठमाडौ, जेठ ३०

अति गरिव, विपन्न असाहाय परिवारहरुलाई खाद्यान्न सामान वितरण गरिएको छ । हजुरलाई नमस्ते परोपकारी अभियानले शनिबार राजधानीमा कोरोनापीडित उनीहरुलाई सामान वितरण गरेको हो । अभियानका संयोजन समाजसेवी ताराबहादुर कुँंवरले कलंकी बाफल काठमाडौस्थित आफनो घरको प्रांगनबाट ती सामाग्रीहरु वितरण गरेका हुन् ।

भरिया, रिक्सा चालक, एकल महिला, किड्नी फेल भएका अति विपन्न परिवारलाई एक हजार तीन सयदेखि एक हजार पाँंच सय रुपैयाँं बराबरको अति आवश्यक दाल, चामल, तेल, सावुनलगायतका एकएक सेट खाद्यान्न वितरण गरिएको हो । हजुरलाई नमस्ते परोपकारी अभियान एउटा समाजसेवी अभियान हो । यसले कोरोनापीडित मात्रै नभई अति विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्य लिएको छ । समाजसेवी ताराबहादुर कुँंवरका संयोजकत्वमा यसमा १५ जनाको समूह संलग्न गराउने योजना राखिएको छ । हालसम्म यसमा १० जना सदस्य जोडिएको बताइएको छ ।

अभियान अन्तर्गत हाललाई प्रत्येक हप्ता एकएकजना सदस्यको आर्थिक सहयोगबाट कोरोना पीडित अति विपन्न परिवारलाई सहायता वितरण गर्ने योजना राखिएको छ । त्यसो भए पनि यो पटक दुई जना सदस्य महेन्द्र गुप्ता र भुपेन्द्रशमशेर जंगबहादुर राणाको संयुक्त आर्थिक सहयोगबाट खाद्यान्न सहायता वितरण गरेको अभियानका संयोजक कुँंवरले जानकारी गराए । आगामी दिनमा पनि हप्तामा एक पटक एकजना अभियानका सदस्यको आर्थिक सहयोगबाट सहायता वितरण गर्दै जाने योजना रहेको कुँंवरले जानकारी गराए ।

कुँंवरले आफैले पनि नियमति रुपमा कोरानापीडितलाई सहयोग गर्दै आएका छन् । दोश्रो लकडाउनपछि मात्रै उनले आठौ पटक सहायता वितरण गरिसकेका छन् । यसअघि पनि उनले पहिलो लकडाउनका बेला २७ औ हप्तामा सहायता खाद्यान्न सामाग्री वितरण गरिसकेका छन् । साथै अति विपन्न परिवारलाई उनले आवश्यकता अनुसार जुनैदिन सहायता खाद्यान्न सामाग्री वितरण गर्दै आएका छन् ।

कुँंवर चक्रपथ सफाई अभियानका अभियन्ता पनि हुन् । उनकै संयोजनमा वर्षाैदेखि चक्रपथ सफाई अभियान निरन्तर चल्दै आएका छ । सामान्य रिक्सा चालकबाट नेपालकै ठूलो उद्योगीव्यापारीको रुपमा स्थापित कुँंवरले निरन्तर आफूले सहयोग गर्दै आएका छन् । उनी नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका संस्थापक केन्द्रिय अध्यक्ष तथा नेपाल निर्माण व्यवसायी महासंघका सदस्य पनि हुन् । उनको जीवनीमा आधारित एउटा पुस्तक पनि प्रकाशित छ । उक्त पुस्तक विक्रीबाट उठेको १० लाख रुपैयाँंलाई पनि उनले समाजसेवामै समर्पित गरेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi