neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बेल्जियमको जितमा लुकाकुले गरे दुई गोल

Jun 13th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ ३०

युरोकप २०२० मा बेल्जियमले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बेल्जियमले रुसलाई ३-० गोलले पराजित गरेको हो ।

बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल र थोमस मेनुयरले एक गोल गरे ।

खेलको १० औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

खेलको ३४ औं मिनेटमा थोमस मेनुयरले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै समूह (बी) मा रहेको बेल्जियमले तीन अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित रुस अंक विहीन तालिकाको पुछारमा छ ।दोस्रो स्थानको फिनल्यान्डको पनि
तीन अंक छ भने तेस्रो स्थानको डेनमार्कको अंक विहीन छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi