neapl investment mega bank
  • गृहपृष्ठ
  • धर्म परिर्वतन रोक्नका लागि साँसद माझीले मागिन विशेष कार्यक्रम

धर्म परिर्वतन रोक्नका लागि साँसद माझीले मागिन विशेष कार्यक्रम

Jun 12th, 2021

काठमाडौ, जेठ २९

बागमति प्रदेश सभाको नीति तथा कार्यक्रममा वोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी साँसद रिता माझीले बागमति प्रदेशमा सवैभन्दा धेरै बसोवास गर्ने आदिवासी जनजाति भएकोले भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न नसकेमा धर्म परिवर्तनले यो प्रदेशको मौलिकता, गहना अस्ताएर जाने वताउँदै धर्म परिवर्तन रोक्नको लागि विशेष कार्यक्रम संचालन गरिनु पर्ने बताउनु
भएको छ । धर्म, संस्कार, संस्कृति र रितिरिवाज धर्म परिवर्तनले खाईसकेको वताउँदै यदि यो क्रम नरोकिने हो भने पहिचान विनाको आदिवासी जनजाति स्थापित हुने बताउनु भयो ।

साँसद माझीले खोपको नीति ल्याए पनि कहिले ल्याउने, कति ल्याउने निक्र्यौल गरि समयमा टुङ्गो लगाउनु पर्ने बताउनु भयो । साँसद माझीले जलविद्युतबाट विस्थापित हुने माझी लगायत समुदायको संरक्षण हुने गरि प्रतिवद्धता सहित कम क्षतिमा कार्य गर्न समेत माग गर्नु भयो।