neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थ इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभा सम्पन्न

Jun 11th, 2021

काठमाडौ, जेठ २८

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले आज शुुक्रबार आफ्नो १९ औं वार्षिक साधारण सभा भच्र्युअल माध्यमवाट सम्पन्न गरेको हो ।

उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेकाछन । आ.व.२०७६–०७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत एक अर्व ९६ करोड ३९ लाख बीमा शुल्क आर्जन गरेकोे थियो भने यस आ.व.को साधारण सभा भएको दिन सम्म दुुई अर्व एक करोड भन्दा वढी बीमा शुल्क आर्जन गरी सकेको जानकारी गराईयो ।

उक्त वीमा शुल्क संकलन गत आ.व.को सोहिको तुलनामा १६ दसमलव सात वढी रहेको छ । सभाले हाल कायम रहेको चुक्ता पुँजी एक अर्वको १२ प्रतिशत वोनस शेयर जारी गर्ने तथा तीन दसमलव ७८ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।