neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्लेइिङ फर चेञ्ज नेपाल फाउण्डेशनद्धारा ललितपुर महानगरलाई सहयोग

प्लेइिङ फर चेञ्ज नेपाल फाउण्डेशनद्धारा ललितपुर महानगरलाई सहयोग

Jun 11th, 2021

ललितपुर, जेठ २८

प्लेइिङ फर चेञ्ज नेपाल फाउण्डेशनले ललितपुर महानगरपालीकालाई आधुनिक फोग मिसन सहयोग गरेको छ । ललितपुर महानगरपालिकाबाट संचालित दुई वटा आइसोलेन केन्द्रका लागि फाउण्डेसनले दुई वटा अत्याधुनिक फोग मेसिन सहयोग गरेको हो । ललितपुर महानगरपालिकाको सभाहलमा आयोजना गरिएको एक कार्यक्रममा फाउण्डेशनका सल्लाहकार बिसन्तर शाक्य, अध्यक्ष इश्वर बज्राचार्य, उपाध्यक्ष प्रविन बहादुर शाक्य तथा सदस्य सुजन बज्राचार्यले संयुक्त रुपमा मेयर चिरिबाबु महर्जन तथा उपमेयर गीता सत्याललाई फोग मेसिन हस्तान्तरण गर्नुभएको हो ।

फोग मेसिन हस्तान्तरण पछि आफ्नो भनाई राख्नु हँुँदै मेयर महर्जनले महामारीको यस कठिन समयमा महानगरको कार्यमा होस्टेमा हैंसे गरी हौसला बढाई दिनुभएकोमा धन्यवाद ब्यक्त गर्नुहुँदै अहिलेसम्म कोरोना महाकारीबाट महानगरमा ११९ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले महानगरपालीकाले कारोनाबाट मृत्यु भएका, उपचारमा रहेका र आइसोलेसनमा रहेकाहरुलाई नगर सहयोग गर्ने घोषणा भइसकेको र यसकोलागी आवश्यक मापदण्डहरु तयारी गरि छिट्ट्रै कार्यान्वयन गर्ने बताउनुभयो । कोरोना महामारीको समयमा अत्याधुनिक फोग मिसनको सहयोगले कोरोना रोकथाममा थप सहयोग हुनेछ । यो सामाग्री ललितपुर महानगरकाको सम्पत्तिको रुपमा दर्ता हुने र यसलाई तत्काल ललितपु्र महानगरपालीबाट ज्यापु समाज वृद्धाश्रम तथा खोकनामा संचालित आइसोलेन केन्दमा पठाईने बताउनुभयो ।

सो कार्यक्रममा फाउण्डेशनका अध्यक्ष इश्वर बज्राचार्यले महामारीको बेला आइसोलेसन नपाएर मानिसले कष्ट भोग्नुपरिरहेको स्थितिलाई मध्यनजर गरि महानगरपालीकाले आइसोलेसन कक्ष सञ्चालन गरि मानविय जीवन रक्षा गर्ने कार्य गरिरहेकोमा हाम्रो फाउण्डेनको तर्फबाट पनि अत्यावश्यक फोग मेसिन सहयोग गर्न पाएकोमा खुशी लागेको बताउनु भयो । उहाँले भविश्यमा यस्ता मानवीय सेवाको कार्यमा संस्थाको सहयोग निरन्तर रही रहने बताउनुभयो ।

त्यसैगरी सल्लाहकार शाक्यले कोरोनाको महामारीको यस कथिन समयमा कोरोनाको मुख्य कारक भाइरसलाई रोकथामकोलागी अति आवश्यक साइटाइज रहेकोले नेपालमा नै पहिलो पटक चाइनामा निर्मित अत्याधुनिक सेनिटाइज गर्ने फोग मेसिन महानगरपालीकालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले यो अत्याधुनिक फोग मेसिन केही समय पहिले ललितपुर महानगरपालीका १६ वडालाई पनि एक थान हस्तान्तरण गरिसकेको बताउनु हुँदै महानगरपालीकाले कोरोना महाराीलाई रोकथाम गर्न गरिरएको कार्यमा यस संस्थाको तर्फबाट पनि हातेमालो गर्न अवसर दिनु भएकोमा धन्यवाद व्यक्त गर्नु हुँदै आगामी दिनहरुमा पनि यसरी नै हातेमालो गरि कार्य गरिरहने बताउनुभयो ।

फोग मेसिनकोबारे जानकारी गराउनु हुँदै उपाध्यक्ष प्रविन बहादुर शाक्यले चीनको वुआन शहरमा पनि कोराना महामारीको समयमा यसै फोग मेसिनबाट सेनिटाईज गरिएको बताउनु भएको थियो ।
कर्यक्रमको अन्तमा मेयर महर्जनबाट महानगरपालीका संचालित आइसोलेसनका चिकित्सक छबिन्द्र गैरेलाई सो सामाग्रीहरुको जिम्मेवारी दिनुभएको थियो भने चिकित्सक छबिन्द्र गैरेले ज्यापु समाज वृद्धाश्रम तथा खोकनामा संचालित आइसोलेन केन्दका संयोजकहरुलाई उक्त फोग मेसिन हस्तान्तरण समेत गर्नु भएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi