आधारभूमि संवाददाता
काठमाडौ, जेठ २७
पछिल्लो २ वर्ष यता कोरोना महामारीलाई कारण देखाउदै सरकारले विद्यालयहरुलाई आन्तरिक मुल्यांकनको अधिकार दिएपछि शिक्षा क्षेत्र लगभग ध्वस्त नै भएको छ । जसको प्रत्यक्ष असर विशेष गरी मेधावी विद्यार्थीहरुमा परिरहेको देखिएको छ ।
विश्व निकेतन माविबाट एसइइ उत्तीर्ण भएका सुगम आफुले पाएको प्राप्तांकबाट अझै सन्तुष्ट हुन सकेका छैन । सुगभ भटट् अहिले कक्षा ११ मा अध्ययन गरिरहेका छन् । कक्षा ११ को परीक्षा पनि आन्तरिक मुल्यांकन बाटै हुने भएपछि उनी थप चिन्नित बनेका हुन् उनका अनुसार विद्यालयहरुले आन्तरिक मुल्यांकन बाट परिक्षा लिदा त्यति पारदर्शिता नदेखिएको उनको भनाई छ ।
पढने र नपढने दुवै खालका विद्यार्थीको अंक एउटै आएपछि अहिले सुगम जस्ता हजारौं विद्यार्थी चिन्तित भएका छन । त्यती मात्र नभएर अपरिपक्व उमेरका यी विद्यार्थीहरु पढे पनि ए प्लस, नपढे पनि ए प्लस आउदा किन पढने मानसिकतामा पुगेको देखिन्छ । भर्खरै मात्र कक्षा ९ उतीर्ण गरेर कक्षा १० मा पुगेका प्रशनेजीतका अनुसार उनलाई पढाईमा खासै उत्साह छैन ।
हाल कक्षा ११ मा अध्ययनरत अधिकाँश विद्यार्थी आफुहरु जहाँ तही लज्जित हुनु परेको गुनासो गरेका छन । आफुहरु एसइइका लागि पुर्ण रुपले तयार रहेको बेला सरकारले लकडाउन घोषणा गरी एसइइको परीक्षा स्थगित गरेकामा हाम्रो के दोष उनीहरुको प्रश्न छ ।
विश्व निकेतन माविका प्रध्यानाध्यापक पनि आन्तरिक मुल्यांकनले गर्दा कतिपय विद्यार्थीमा हीन भावनाको मनोवैज्ञानिक असर परेको बताउँछन् ।
वर्तमान परीक्षा प्रणालीलाई कतिको वैज्ञानिक छ,यस बारे विभिन्न कोणबाट बहस चलिरहेको छ । तर पछिल्लो केही समययता कोरोनालाई कारण देखाई आन्तरिक मुल्यांकनका नाममा विद्यार्थीको मनोविज्ञानसँग खेलवाड भइरहेको छ ।