आधारभूमि संवाददाता
काठमाडौं, जेठ २७
ललितपुरको महालक्ष्मी नगरपालिका अन्र्तगत ६० देखि ६४ उमेर समुहका व्यक्तिलाई लक्षित गरी चाइनिज भेरो सेल खोप लगाईको छ । गत जेठ २५ गते महिला पुरुष गरी २७७ र आज २७ महिला १०८ र पुरुष ७८ गरी ४६३ जनाले खोप लगाउन सफल भएका छन् ।
खोप कार्यक्रम महालक्ष्मी नगरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष राजकुमार सिल्वालको संयोजकत्वमा भएको थियो । खोप कार्यमा सहयोग पुर्याउनु हुने महालक्ष्मी नगरपालिकाकी स्काउट संयोजक मुना खनाल,सुरज महर्जन र रेन्जर भारती विष्ट, रेडक्रसका राजन खड्का लगायत युवायुवती स्वयमसेवकहरुले सहयोग पुर्याएका थिए ।