neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी लाईफद्धारा बीमाशुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट

महालक्ष्मी लाईफद्धारा बीमाशुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट

Jun 10th, 2021

काठमाडौ, जेठ २७

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट दिने भएको छ । कम्पनीका अनुसार यही असार मसान्तसम्म बीमा शुल्कको किस्ता तिर्ने बिमितहरुको हकमा तीन महिनासम्म सत् प्रतिसत छुुट, तीन महिनामाथि छ महिनासम्मको ७५ प्रतिसत छुुट र छ महिनाको माथिको हकमा ५० प्रतिसत छुट दिन लागिएको हो ।

विश्वव्यापी रूपमा फैलिरहेको कोभिड–१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण बीमितहरुले बीमाशुल्क किस्ता समयमा तिर्न सकेका छैनन । कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुननसकेको कारण तिर्न असमर्थ हुँदै आइरहेका थिए । आम बीमितहरुको यहि समस्यालाई विचार गरी राहत स्वरूप ज्येष्ठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गरिएको हो, कम्पनीले भनेको छ ।