neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चोरी भएको नगद तथा चाँदीको सिक्री सहित एक जना पक्राउ

चोरी भएको नगद तथा चाँदीको सिक्री सहित एक जना पक्राउ

Jun 10th, 2021

मोरङ, जेठ २७

विराटनगर महानगरपालिका–८ विश्वकर्मा चौक बस्ने २२ वर्षीय अनिल कुमार यादवलाई चोरीको धनमाल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–८ अमर टोल बस्ने ५५ वर्षीय राजकुमार श्रेष्ठको घरबाट गएराति नगद ५० हजार रुपैयाँ र अढाई तोला बराबरको चाँदीको सिक्री चोरी भएको घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त धनमाल अनिल कुमारको घरमा फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर चोरी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi