neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कोलम्बियासँग बराबरीमा रोकियो अर्जेन्टिना

कोलम्बियासँग बराबरीमा रोकियो अर्जेन्टिना

Jun 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ २६

फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिका छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ।

बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले कोलम्बियासँग २–२ गोलको बराबरी खेलेको हो ।

खेलमा अर्जेन्टिनाको लागि क्रिस्टियन रोमेरो र लेअन्द्रो परेडेसले एक एक गोल गरे भने कोलम्बियाको लागि लुइस फर्नान्डो र मिगुएल बोर्जाले एक एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने अर्जेन्टिनाले लिएको थियो। खेलको तेस्रो मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

खेलको आठौं मिनेटमा लेअन्द्रो परेडेसले गोल गर्दे टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ५१ औं मिनेटमा कोलम्बियाका लुइस फर्नान्डोले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

त्यसपछि इन्जुरी समयमा मिगुएल बोर्जाले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै अर्जेन्टिनाले ६ खेलबाट १२ अंक जोडेको छ र दोस्रो स्थानमा छ।कोलम्बियाको ६ खेलबाट ८ अंक छ र पाँचौं स्थानमा छ ।शीर्ष स्थानको ब्राजिलको ६ खेलबाट १८ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi