neapl investment mega bank
  • गृहपृष्ठ
  • पुँजीबजारको आकर्षण सरकारप्रतिको विश्वास : उपप्रधान तथा अर्थमन्त्री पौडेल

पुँजीबजारको आकर्षण सरकारप्रतिको विश्वास : उपप्रधान तथा अर्थमन्त्री पौडेल

Jun 8th, 2021

काठमाडौं, जेठ २५

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रुपमा लिएको बताएकाछन । नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिकोत्सव कार्यक्रममा उहाँले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी पूँजी बजारको विस्तार हुने वातावरण तयार पार्न बोर्डलाई निर्देशन दिए ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार सुरु गरेन तथा कमीकमजोरी हटाइ बोर्डलाई गतिशिल बनाउन पनि निर्देशन दिएका थिए ।