neapl investment mega bank
  • गृहपृष्ठ
  • नबिल बैंकको एटिएम तोडफोड गर्दागर्दे पक्राउ

नबिल बैंकको एटिएम तोडफोड गर्दागर्दे पक्राउ

Jun 8th, 2021

उदयपुर, जेठ २५

त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा त्रियुगा नगरपालिका–३ बस्ने भारत मधुवनी ग्राम पंञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त एटिएम मेसिन अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनलाई नियन्त्रणमा लिएको हो । तत्काल भागी फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।