neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित

Jun 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ २५

फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

समूह बी अन्तर्गत कुवेतमा सोमबार राति भएको खेलमा जोर्डनले नेपाललाई ३-० गोलले पराजित गरेको हो ।

जोर्डनलाई जित दिलाउन बहा फैसलले दुई गोल र याजान अल अरबले एक गोल गरे ।जोर्डनले एक गोल पहिलो हाफ र दुई गोल दोस्रो हाफमा गरेको हो ।

खेलको २३ औँ मिनेटमा बहा फैसलले पेनाल्टीमा गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ४८ औं मिनेटमा बहा फैसलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

त्यसपछि खेलको ६७ औँ मिनेटमा याजान अल अरबले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै समूह ‘बी’मा रहेको जोर्डनले ६ खेलबाट १३ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

नेपालको ७ खेलबाट ६ अंक छ र तालिकाको चौंथो स्थानमा छ ।

अब नेपालले जेठ २८ गते अष्ट्रेलियासंग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi