neapl investment mega bank
  • गृहपृष्ठ
  • कपन बुढानिलकण्ठ र टोखा नगरपालिका सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

कपन बुढानिलकण्ठ र टोखा नगरपालिका सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

Jun 7th, 2021

काठमाडौ, जेठ २४

केन्द्रिय खेलकुद महासंघका सदस्य आर के सुवेदीले कपन बुढानिलकण्ठ तथा टोखा नगरपालिकाका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको बेला पनि अहोरात्र खटि रहने सञ्चारकर्मीको सुरक्षाका लागि बुढानिलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई प्रमुख उपस्थितिमा सुवेदीले स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

सञ्चारकर्मीबीच बोल्दै सदस्य सुवेदीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय बुढानिलकण्ठ नगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये स्थानीय तह लगायत सर्वसाधारणमा कोरोना पुष्टि भएकोले सावधानी अपनाउनु अनुरोध गरेका छन् । अहिलेसम्म बुढानिलकण्ठ नगरपालिकाले सबैको निःशुल्क परीक्षण गर्दै आएको छ । परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीहरुका लागि व्यवस्था पनि मिलाउदै आएको छ ।

बुढानिलकण्ठ नगरपालिकाका १० का वडाध्यक्ष तथा प्रवक्ता नवराज भट्टराईका अनुसार पछिल्लो समय बुढानिलकण्ठ नगरपालिकामा सङ्क्रण दर अत्यधिक बढेको छ, यसरी नै सङ्क्रमित बढ्ने हो भने अवस्था जटिल हुन सक्छ, त्यसैले सबैले बेलैमा सावधानी अपनाउन आवश्यक भएको बताउनुभयो । यस्तै नगर प्रवक्ता भट्टराईले यदि कसैले कोरोनाको दोस्रो खोप नलगाएको भए नजिकैको स्वास्थ्य चौकीमा गएर लगाउनसमेत अनुरोध गर्नुभयो ।