neapl investment mega bank
  • गृहपृष्ठ
  • ४ वटा बैंकले ऋणपत्र जारी गर्ने प्रक्रिया नै अघि बढाएनन्, राष्ट्रिय बाणिज्य बैंकको मंगलबारबाट विक्री सुरु

४ वटा बैंकले ऋणपत्र जारी गर्ने प्रक्रिया नै अघि बढाएनन्, राष्ट्रिय बाणिज्य बैंकको मंगलबारबाट विक्री सुरु

Jun 7th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, जेठ २४

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई चुक्ता पुँजीको २५ प्रतिशत रकम बराबरको ऋणपत्र जारी गर्न निर्देशन दिएको भएपनि चार वटा बैंकले अहिलेसम्म प्रक्रिया समेत अघि बढाएका छैनन् ।

स्ट्याण्डर्ड चार्टड, सिभिल मेगा र सेञ्चुरीले अहिलेसम्म ऋणपत्र जारी गरेका छैनन् । राष्ट्रिय बाणिज्य बैंकले ऋणपत्र जारी गर्न बाँकि रहेको भएपनि उसको ऋणपत्र मंगलबार देखि बजारमा आउँदैछ ।

तोकिएको अवधिमा ब्याज र सावा दिने गरि जारी गरिएका यस्ता ऋणपत्रको ब्याज अहिले साढे आठ प्रतिशतको हाराहारीमा छ। मुद्दति निक्षेपको भन्दा पनि उच्च ब्याज भएकाले अहिले ग्राहकको आकर्षण यसमा बढेको छ। तर, केहि बैंकहरु भने राष्ट्र बैंकको यस्तो निर्देशनमा खासै चासो नै नदिइकन बसेको देखिन्छ।

सेयरबजारमा ऋणपत्रको हिस्सा अत्यन्त न्युन भएको र लामो समयको लागि कर्जाको लागि स्रोत जुटाउन बैकहरुलाई समेत सहज हुने भएकाले राष्ट्र बैंकले यस्तो निर्देशन दिएको थियो ।

२०७६ सालमा राष्ट्र बैंकले दुई वर्ष भित्र अर्थात २०७८ असारसम्ममा सबै बाणिज्य बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गर्याे । तर, गत वर्ष देखि सुरु भएको महामारीका कारण राष्ट्र बैंकले यसमा केहि लचकता अपनायो । र, थप एक वर्ष बढाएर २०७९ सम्म ऋणपत्र जारीगरिसक्नु पर्ने व्यवस्था गरेको छ ।

अहिले बैंकहरुले प्रदान गर्ने कर्जाकोस्रोत भनेको १ देखि तीन वर्षेसम्मको मुद्दति निक्षेप मूख्य हो । साधारण बचत त जतिबेला पनि फिर्ता जान सक्ने भएकाले यसलाई दिगो स्रोतका रुपमा लिइदैन ।

सेयर बजारमा ऋणपत्रको पनि कारोबार हुनुपर्छ । तर, नेपालको सेयरजारमा यसको हिस्सा अत्यन्त न्युन छ । दोस्रो बजारमा ऋणपत्रको हिस्सा बढाउने राष्ट्र बैंकले योजना बनाएपनि त्यो खास प्रभावकारी भएको छैन ।

चुक्ता पुँजीको २५ प्रतिशत बराबरको रकम जारी गर्ने म्याद अब १ वर्ष बाँकि छ । बैंकहरुको न्युनतम पनि ८ अर्ब बराबरको चुक्ता पुँजी छ । अझ मर्ज भएका बैंकहरु त दोब्बर भन्दा बढि छ।

बैंकहरुले न्युनतम पनि ३ अर्ब बराबरको ऋणपत्र जारी गर्नुपर्ने देखिन्छ । एक वर्षमै यस्तो ऋणपत्र जारी गर्न र बिक्री गर्न कठिन हुन्छ । त्यसैले प्रत्येक वर्षमा बैंकहरुले ऋणपत्र बिक्री गर्दै जानु पथ्र्याे । तर बैंकहरु अहिले फेरी यसको म्याद बढने आशमा रहेको देखिन्छ ।