neapl investment mega bank
  • गृहपृष्ठ
  • कतार एयरवेज समूहले विश्व वातावरण दिवसका लागि वातावरणीय स्थिरताका लागि पहल गर्ने

कतार एयरवेज समूहले विश्व वातावरण दिवसका लागि वातावरणीय स्थिरताका लागि पहल गर्ने

Jun 6th, 2021

काडमाडौ, जेठ २३

विश्व पर्यावरण दिवसको अवसरमा कतार एयरवेज समूहले यसका प्रमुख वातावरणीय स्थिरता पहलहरूलाई प्रकाश पार्दै यस ग्रहको संरक्षण गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गरेको छ । एयरलाइन, एयरपोर्ट अपरेसन, उड्डयन र खानपान सेवा, खुद्रा आउटलेटर होटेलहरू सहित कतार एयरवेज समूह आफ्ना सबै संस्थाहरूमा वातावरणीय नेतृत्वमा समर्पित रहँदै आएको छ ।

कतार एयरवेज मध्यपूर्वको पहिलो आईएटीए वातावरणीय मूल्यांकन कार्यक्रम (आईएनवा) मा उच्च स्तरमा मान्यता प्राप्त एयरलाइन हो भने २०२२ सम्म यात्रु क्षमता ५.३ करोड सम्म पु¥याउने लक्ष्य बोेक्ने क्रममा यसको हब, हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट उक्त क्षेत्रको पहिलो फोर स्टार ग्लोबल सस्टेनेबिलिटी असेस्मेन्ट सिस्टम (जिएसएएस) रेटिङ प्राप्त एयरपोर्ट हुनेछ भने यसको टर्मिनल पनि एलईईडी रजत प्रमाणित भवन बन्ने छ ।