neapl investment mega bank
  • गृहपृष्ठ
  • कोका–कोलाले नेपालमा प्लास्टिक रिसाइक्लिंग गर्ने प्रतिबद्धता दोहोर्याउँदै

कोका–कोलाले नेपालमा प्लास्टिक रिसाइक्लिंग गर्ने प्रतिबद्धता दोहोर्याउँदै

Jun 6th, 2021

काठमाडौ, जेठ २३

एक भर्चुअल प्रेस सम्मेलनमा कोका–कोलाले नेपालमा वल्ड विथ आउट वेस्ट प्रोग्रामको बारेमा अपडेट उपलब्ध गराएर विश्व वातावरण दिवस मनाएको छ र विश्वकै एक मध्यको सबैभन्दा ठूलो हिमाल सफाई कार्यव्रmमको दोस्रो संस्करण “सफा हिमाल अभियान २०२१” को समापनको घोषणा गरेको छ ।

२७,६७१ किलोग्राम फोहोर, ४ वटा मृत शरिर र एउटा मानव अवशेष सगरमाथा, लोत्से, मकालु, धौलागिरी, पुमोरी र अमादब्लम जस्ता ६ वटा हिमालहरुबाट संकलन गरिएको छ र थप सेग्रिगेशन र रिसाइक्लिंगको लागि काठमाडौँमा ल्याएर अभ्नी भेन्चरलाई हस्तान्तरण गरिएको छ ।

हिमाल सफा अभियानका निर्देशक, नेपाली सेनाका ब्रिगेडियर जनरल हिमांशु खड्काले भन्नुभयो, “नेपाली सेनाको नेतृत्वमा र नेपाली सरकारको पहलमा सफा हिमाल अभियान २०२१ को २७.६ टनको फोहोर र चारवटा शवहरु विभिन्न हिमालहरुबाट निकालिएपछि सफलतापूर्वक सम्पन्न भयो । यो अभियान कोभिड–१९ महामारी र दुई वटा साइक्लोन टाउक्टे र यासको बावजुद सफल भयो । यो हाम्रो इन्भाइरो मेन्टल्ली रेस्पन्सिबल पार्टनरहरुको अटुट समर्थनका कारण सम्भव भएको हो।भविष्यको लागि हिमालहरु संरक्षण गर्न सफा हिमाल अभियानलाई निरन्तर रुपले समर्थन गरेकोमा हामी कोका–कोलाप्रति आभारी छौँ ।

नेपाली सेनाको नेतृत्वमा कोका–कोला र अन्य बहु–सरोकारवालाहरुको सहयोगमा रहेको अभियानको मूल उद्ेश्य भनेको हिमालहरुको संरक्षण गर्नु र देशको ६ वटा उच्च चुचुराहरु सफा गरी जलवायु परिवर्तनको प्रभावलाई पनि कम गर्नु हो । कोका–कोलाले नेपालको प्राकृतिक गौरव तथा सौन्दर्य संरक्षणका लागि काम गर्ने उद्येश्यले सन् २०१९ मा स्थापना भए देखि हिमालय सफाई अभियानलाई सहयोग गर्दै आएको छ ।

वल्ड विथ आउट वेस्ट कार्यव्रmम सन् २०१८ मा लन्च गरिएको थियो । यो कार्यव्रmम सन् २०३० सम्ममा सेल्सको १०० प्रतिशतको प्याकेजिंगको बराबरको संकलन र रिसायकल गर्ने कोका–कोलाको विश्वव्यापी प्रतिबद्धता हो । नेपालमा कम्पनीले स्थानिय एप्रोचलाई प्रयोग गरेर विश्वव्यापी दृष्टिकोण र लक्ष्य हासिल गर्ने प्रयास गरिरहेको छ र हाम्रो बोटलिंग पार्टनर, सरकार, गैरसरकारी संस्था, उद्योगका साथीहरु र स्थानीय समुदायहरुलाई डिजाइन–कलेक्ट–पार्टनर फ्रेमवर्क प्रयोग गरेर दीर्घकालीन साझेदारी निर्माण गर्न पहुँच गरेको छ ।

बीएनएलले दिगोपनका लागि गरेका प्रयासहरुको बारेमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो, “फोहोर व्यपस्थापनको क्षेत्रमा हामीले जिम्मेवारी व्यवस्थापनको चुनौतिलाई आवश्यक पर्ने गति प्रदान गर्न र पिईटी बोतलहरु रिसाइकल गर्न धेरै पहल गरेका छौँ । हिमाल सफाई अभियान र रणनीतिक स्थानहरुमा सुचनामूलक पिईटी संकलन बिनहरुको स्थापना जस्ता विभिन्न कार्यव्रmमहरु मार्फत हामीले समुदायमा फोहोर अलग्याउने, प्याकेजिंग र रिसाइक्लिंग सम्बन्धी जागरुकता सिर्जना गरेका छौँ ।”

पिईटी फोहोरको रिसाइकलको समाधान खोज्न बहु–सरोकारवाला दृष्टिकोण अनुकरण गर्न कोका–कोलाले स्थानीय नगरपालिका, व्यवसायहरु, नागरिकहरु र फोहोर उठाउनेहरुसँग हातेमालो गरेको छ । कम्पनीले संकलन र रिसाइक्लिंग प्रणाली निर्माण र तीव्र गर्न लक्षित रहेको ग्लोबल इनिसिएटिभ्सबाट पाठ सिकेको छ र यसलाई नेपालको स्थानीय वातावरणमा अनुकूलित गरेको छ ।

नेपालका कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले भन्नुभयो, “हाम्रो कार्यव्रmम वल्ड विथआउट वेस्ट नेपालको एक प्रमुख कार्यव्रmम हो जहाँ हामी हाम्रो प्याकेजिंग डिजाइनलाई पुनर्विचार गर्दछौँ र हाम्रो प्रयोग गरिएको प्याकेजिंग संकलन गर्ने तरिकालाई नवीन बनाउदछौँ अनि प्याकेजिंग रिसाइकल्ड भएको सुनिश्चित गर्न संगै काम गर्दछौँ । हामीले प्लास्टिक सर्कुलर अर्थव्यवस्थालाई लागु गर्न र रिसाइक्लिंगलाई नेपालमा बढावा दिन उद्योगका साथीहरु, पर्यावरणविदहरु, सरकार र नागरिक समाज संगठनहरुसँग साझेदारी गरेका छौं ।”

कोका–कोलाको साभेदारीले समुदायको नेतृत्वमा इन्टीग्रेटेड प्लास्टिक फोहोरको प्रबन्ध प्रणाली निर्माण गर्न, इफिसियन्ट रिसाइक्लिंगलाई बढावा दिन र फोहोर उठाउने कामदार समुदायको उत्थानगर्ने काम गरिरहेका छन् । हाम्रो कम्पनीले व्रिmयसन, डब्लुडब्लुएफ नेपाल, हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसिआई), नेपाल युवा परिषद र अन्य जस्ता स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरुसँग साझेदारी ग¥यो जसले हाम्रो फोहोर व्यवस्थापनको प्रयासलाई बढावा दिन र प्लास्टिक शर्कुलर अर्थतन्त्रको सृष्टिमा नयाँ ध्यान केन्द्रितगर्न मद्दत ग¥यो ।

यसबाहेक, रिसाइक्लिंग प्रव्रिmयामार्फत पिईटी बोतलहरुलाई नयाँ जीवन दिन, समुदायलाई जागरुकता सिर्जना गर्न र शिक्षित गर्नको लागि कोका–कोलाले डोको रिसाइक्लर्स (सामाजिक इन्टरप्राइस जसले सुख्खा फोहोर व्यवस्थापन र रिसाइकल गर्दछ) को साथ टिम अप ग¥यो र “रिफ्रेश एण्ड रिसाइकल”अभियान सुरु ग¥यो र काठमाडौँ उपत्यकाका विभिन्न प्रख्यात सार्वजनिक स्थलहरुमा १० वटा जानकारीमूलक पिईटी संकलन बिनहरु राख्यो । कोका–कोलाले पिईटी रिसाइक्लिंगको गहन प्रमाण–आधारित प्रतिवेदन पेश गर्न ब्लु वेस्टसँग हातेमालो गरेको छ र यसले नेपालमा वरिपरिको परिपत्रको वृस्तित मूल्य निर्धारण गर्दछ । यसले भविष्यमा नेपालमा फोहोर व्यवस्थापनमा हस्तक्षेपको लागि सहयोग पु¥याउने छ ।

वल्ड विथ आउट वेस्ट कम्पनीको अनगोइंग सस्टेनेबिलिटी प्रयासहरुको अर्को चरण हो जसले आफ्नो फाइनलमा प्रयोग गरेको पेय पदार्थहरुमा अनुमानित १०० प्रतिशत पानी रिप्लेनिश गरेर सफलता हासिल गरेको छ ।

यी प्रयासहरु सही तरिकाले बढ्ने कुल पेय कम्पनी भई, अन्तस्करणको साथ बढ्नको लागि कम्पनीको ठूलो रणनीतिको हिस्सा हो ।