neapl investment mega bank

एकै दिन ५० अंकले बढ्यो नेप्से

Jun 6th, 2021

काठमाडौ, जेठ २३

नेप्से एकै दिन ५० अंकले बढेको छ । नेप्से आज ५० दसमलव १३ अंकले बढेर २९ सय छ दसमलव ८९ अंकमा चढेको छ भने सेन्सिटिभ पनि आज सात दसमलव ८८ अंकले बढेर पाँच सय ५० दसमलव ९९ अंकमा चढेको छ । दुई सय १८ वटा कम्पनीहरुको एक लाख ७१ हजार ६० पटकको कारोवारमा तीन करोड ७४ लाख ५५ हजार एक सय ८९ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम १७ अर्ब २७ करोड १७ लाख ८७ हजार पाँच सय २५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा आज सात वटा समुहको सुचक बढेकाछन भने छ वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ६९ दसमलव ८५ अंकले बढेर १९ सय ७७ दसमलव ४६ अंकमा चढेको छ भने बिकास बैंक, फाईनान्स, लघुुबित्त, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन । जलबिद्युुत समुहको सुचक भने आज ४६ दसमलव ८३ अंकले घटेर दुुई हजार आठ सय ३४ दसमलव १५ अंकमा झरेको छ भने निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन र उत्पादनमुलक समुहहरुको सुचक पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा महिला लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा राधी जलबिद्युत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।