काठमाडौ, जेठ २३
राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल ९टुकोन०ले कोभिड महामारीका कारण निशेधाज्ञाको अवधीमा विचल्लीमा परेका गार्मेन्ट सम्बद्ध श्रमिकहरुलाई राहत वितरण गरेको छ । गार्मेन्टमा कार्यरत श्रमिकहरूको २० परिवार लाई एक हप्ता पुग्ने खाद्यान्न लगायतका सामाग्री आज हस्तान्तरण गिरएको ट्रेड युनियन महासंघ नेपाल ९टुकोन० का अध्यक्ष हिक्मत जंग भण्डारीले बताउनुभयो ।
टुकोनले श्रमिकहरुलाई वितरण गरेका राहत सामाग्रीमा चामल, तेल, दाल, क्वाटी, नुन, चाउचाउ, मास्क लगायत छन् ।
कोरोना संक्रमणले भयावह रुप लिइरहेको वर्तमान अवस्थामा श्रमिकहरुको दैनिक जीवनयापनमा केही सहयोग पुगोस् भनेर थोरै परिमाणमा भएपनि राहत उपलब्ध गराएको जानकारी दिदै टुकोनका अध्यक्ष भण्डारीले लकडाउनको यस्तो विषम परिस्थितीमा दैनिक ज्यालादारीमा आश्रीत श्रमिकहरुको पीडालाई पहिलो प्राथमिकतामा राख्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
गत हप्ता पनि टुकोनले रिक्सा चालक श्रमिकहरूलाई राहत वितरण गरेको थियो ।