आधारभूमि संवाददाता
काठमाडौं,जेठ २३
बीमा समितिले नयाँ पुनर्बिमा कम्पनीलाई सैद्धान्तिक सहमति दिएको छ । जसमा समितिकै पूर्व कार्यकारी निर्देशक रहेको कम्पनी अयोग्य भएको छ। यति मात्रै होइन कि उक्त कम्पनीमा समितिकै पूर्व अध्यक्ष समेत परामर्शदाताका रुपमा रहेका थिए ।
बिमा समितिले अहिले हिमालयन रि इन्सुरेन्सलाई नयाँ पुनर्बिमा कम्पनीको रुपमा सहमति दिएको छ । जसमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्व अध्यक्षहरु पशुपति मुरारका र भवानी राणाको साथै नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोर, साहिल अग्रवाल विकास दुगड र विवेक दुगडका साथ रोहित गुप्ता को पनि लगानी छ ।
बिमा समितिले गत बैशाख १६ मा प्रस्ताव आह्वान गरेको थियो । जसमा हिमालयन रि इन्सुरेन्ससँगै अन्नपुर्ण रि इन्सुरेन्स, प्रुडेन्सीयल रि इन्सुरेन्स, जेन्युन रि इन्सुरेन्स र काठमाडौं रि इन्सुरेन्सले आवेदन दिएका थिए ।
जेन्युन रि–इन्स्योरेन्समा बलराम थापाको लगानीमा खुलन लागेको थियो । जसमा बिमा समितिका पूर्व श्रीमान र्कािर्क सिइओ रहेका थिए भने परामर्शदाता फत्तबहादुर कार्कि रहेका थिए ।
बिमा समितिका पूर्व कार्यकारी निर्देशक र अध्यक्ष केसी बिमाका बारेमा रा्रमो जानकारी भएका ब्यक्ति मानिन्छन् । तरपनि उनिहरुको कम्पनीले पनि स्वीृकति पाएन ।
बिमा समितिले यो काम लकडाउनकै बिचमा सकेकाले यसलाई अहिले शंकाको दृष्टिले हेरेका छन् ।
कसरी छानियो हिमालय रि इन्सुरेन्स ?
अन्य कम्पनीको तुलनमा हिमालयन रि इन्सुरेन्स कम्पनीका लगानीकर्ता पहुँचवाला थिए । अधिकांश माडवारी समुदायको लगानीमा खुल्न लागेको यो पुनर्बिमा कम्पनीले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मारवाडी समुदायकै भएकाले साथ पाएको छ ।
आवेदन दिएको मध्ये अन्नपुर्ण रि इन्सुरेन्स गैर आवासिय नेपाली उपेन्द्र महतोका भाई बिरेन्द्र महतोसँगै शिव घिमीरे र उमेश श्रेष्ठको लगानी रहेको कम्पनी हो । त्यस्तै बिशाल ग्रुपमा बिशाल ग्रुप र आइएमइ ग्रुपको लगानी रहेको छ। तर यि कम्पनीले भने पाएनन् ।