neapl investment mega bank

मैत्रीपूर्ण खेलमा स्विडेनको सहज जित

Jun 6th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ २३

स्विडेनले मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।शनिबार राति सम्पन्न खेलमा स्विडेनले अर्मेनियालाई ३-१ गोलले पराजित गरेको हो ।

स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्ग, मार्कस डेनियलसन र मार्कस बर्गले एक-एक गोल गरे ।अर्मेनियाका भाहान बिछाछ्यानले एक गोल गरे ।

खेलमा पहिलो अग्रता स्विडेनले लिएको थियो। खेलको १६ औँ मिनेटमा इमिल फोर्सबर्गले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

खेलको ३४ औँ मिनेटमा मार्कस डेनियलसनले गोल गर्दे टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ६४ औं मिनेटमा अर्मेनियाका भाहान बिछाछ्यानले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८५ औँ मिनेटमा स्विडेनका मार्कस बर्गले गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

समूह (इ)मा रहेको स्विडेनले जुन १५ मा स्पेनसँग पहिलो खेल खेल्दै युरोकपको सुरुवात गर्नेछ ।