neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चिलीसँग बराबरीमा रोकियो अर्जेन्टिना

Jun 4th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ २१

फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिका छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ।

शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलमा अर्जेन्टिनाको लागि कप्तान लिओनल मेसीले एक गोल गरे भने चिलीको लागि एलेक्सिस सान्चेजले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने अर्जेन्टिनाले लिएको थियो। खेलको २४ औँ मिनेटमा लिओनल मेसीले पेनाल्टीमा गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको ३६ औं मिनेटमा चिलीका एलेक्सिस सान्चेजले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै अर्जेन्टिनाले ५ खेलबाट ११ अंक जोडेको छ र दोस्रो स्थानमा छ।चिलीको पाँच अंक छ र छैटौं स्थानमा छ ।शीर्ष स्थानको ब्राजिलको चार खेलबाट १२ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi