neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • तीन सय कार्टुन अवैध कस्तुरी रक्सी सहित ट्याक्टर नियन्त्रणमा

तीन सय कार्टुन अवैध कस्तुरी रक्सी सहित ट्याक्टर नियन्त्रणमा

Jun 3rd, 2021

पर्सा, जेठ २०

छिपहरमाई गाउँपालिका–२ भिष्वा बञ्जारीबाट प्रदेश २–०३–००१ थ ०००१ नम्बरको ट्याक्टरमा रहेको ३ सय कार्टुन कस्तुरी रक्सी बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैधरूपमा कस्तुरी रक्सी भारततर्फ लगिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उक्त ट्याक्टरलाई दशगजा क्षेत्रमा रोक्ने क्रममा चालक तत्काल फरार भएपछि ट्याक्टर तलासी गर्दा उक्त परिमाणको रक्सी बरामद भएको हो ।

बरामद रक्सी र ट्याक्टरलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको र ट्याक्टर धनी तथा चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi