काठमाडौ, जेठ २०
आज बिहिबार नेप्से सुचक तथा कारोवार रकम दुुबै नै उच्च अंकले बढेकाछन । नेप्से आज २९ दसमलव ५५ अंकले बढेर २८ सय ५६ दसमलव ६७ अंकमा चढेकोमा सेन्सिटिभ पनि सात दसमलव ९६ अंकले बढेर पाँच सय १३ दसमलव ११ अंकमा चढेको छ । दुुई सय १८ वटा कम्पनीहरुको एक लाख ५५ हजार छ सय ५५ पटकको कारोवारमा तीन करोड ४६ लाख ८१ हजारा तीन सय १२ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम १६ अर्ब ९० करोड ७० लाख २० हजार दुई सय ८६ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुुंदा चार वटा समुहले गुमाएकाछन भने नौ वटा समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ५० दसमलव २५ अंकले बढेर एक हजार नौ सय सात दसमलव ४६ अंकमा पुग्दा बिकास बैंक, फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुुलक, लघुुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन । जलबिद्युुत समुहको सुचक भने आज ६० दसमलव तीन अंकले घटेर २८ सय ८० दसमलव ९७ अंकमा पुग्दा निर्जिवन बीमा, टे«डिङ र अन्य समुहको सुचक पनि भने घटेकाछन ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा महिला लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नारायणी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।