neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मैत्रीपूर्ण खेलमा डेनमार्कसँग बराबरीमा रोकियो जर्मनी

मैत्रीपूर्ण खेलमा डेनमार्कसँग बराबरीमा रोकियो जर्मनी

Jun 3rd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ २०

जर्मनीले मैत्रीपूर्ण खेलमा डेनमार्कसँग बराबरी खेलेको छ ।बुधवार राति सम्पन्न खेलमा जर्मनीले डेनमार्कसँग १–१ गोलको बराबरी खेलेको हो ।

अष्ट्रियामा भएको खेलमा जर्मनीको लागि फ्लोरियन न्यूहाउसले एक गोल गरे भने डेनमार्कको लागि युसुफ पौल्सेनले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने जर्मनीले लिएको थियो। खेलको ४८ औँ मिनेटमा फ्लोरियन न्यूहाउसले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको ७१ औं मिनेटमा डेनमार्कका युसुफ पौल्सेनले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

समूह (एफ)मा रहेको जर्मनीले जुन १६ मा फ्रान्ससँग पहिलो खेल खेल्दै युरोकपको सुरुवात गर्नेछ ।त्यस्तै,समूह (एफ)मा पोर्तुगल र हंगरी पनि छन् ।

जर्मनीले सन् २०१४ को विश्वकपको उपाधि उचालेको थियो भने फ्रान्सले सन् २०१८ को विश्वकपको उपाधि उचालेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi