neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मैत्रीपूर्ण खेलमा फ्रान्सको सहज जित

Jun 3rd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ २०

फ्रान्सले मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।घरेलु मैदानमा बुधबार राति सम्पन्न खेलमा फ्रान्सले १० खेलाडीमा सिमित वेल्सलाई ३-० गोलले पराजित गरेको हो ।

फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पे, एन्टोनियो ग्रीजम्यान र ओसुमान डेम्बेलेले एक-एक गोल गरे ।फ्रान्सले एक गोल पहिलो हाफ र दुई गोल दोस्रो हाफमा गरेको हो ।

खेलको २५ औँ मिनेटमा वेल्सका नेको विलियम्सले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि वेल्स १० खेलाडीमा सिमित बनेको थियो।

खेलको ३४ औँ मिनेटमा केलियन एमबाप्पेले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ४७ औं मिनेटमा एन्टोइन ग्रिज्मानले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

त्यसपछि खेलको ७९ औँ मिनेटमा ओसुमान डेम्बेलेले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

समूह (एफ)मा रहेको फ्रान्सले जुन १६ मा जर्मनीसँग पहिलो खेल खेल्दै युरोकपको सुरुवात गर्नेछ ।त्यस्तै,समूह (एफ)मा पोर्तुगल र हंगरी पनि छन् ।

फ्रान्सले सन् २०१८ को विश्वकपको उपाधि उचालेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi