neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी स्काउट र रेडक्रसले कोभिड -१९ सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्ने

महालक्ष्मी स्काउट र रेडक्रसले कोभिड -१९ सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्ने

Jun 2nd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, जेठ १९

महालक्ष्मी नगरपालिका अन्तर्गत स्काउट र रेडक्रसको संयुक्त आयोजनामा कोभिड १९ रोकथाम सम्बन्धी महालक्ष्मी नगरपालिकामा जनचेतनामुलक कार्यक्रम आजबाट महालक्ष्मी नगरपालिका वडा नं.५ बाट शुरु भएको छ । कार्यक्रम महालक्ष्मी नगरपालिका वडनं. ५ का वडा अध्यक्ष राजकुमार सिल्वालको उपस्थितिमा भएको थियो ।

कोरानाबाट कसरी बच्ने भन्ने विषयमा महालक्ष्मी नगरपालिकाकी स्काउट संयोजक मुना खनाल, रेडक्रसका राजन खड्का लगायत स्काउटका सदस्यहरुले कोभिड १९ बाट कसरी बच्चे भन्ने विषयमा जानकारी गराउँदै मास्क, सामाजिक दुरी, बेला बेलामा साबुन पानीले हात धुने बारेमा जनचेतना मुलक कार्यक्रम गर्दै यस्ता कार्यक्रम महालक्ष्मी नगरपालिकाको सबै वडामा हुने स्काउट संयोजक खलालले बताइन् ।