काठमाडौ, जेठ १९
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले “डिजिटल सिटिजन” अभियान अन्तर्गत “अनलाईन बीमा दाबी” सेवा शुभारम्भ गरेको छ । ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु¥याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रसर कम्पनीले कोरोना भाइरसका कारण उत्पन्न बिषम परिस्थितीमा सेवाग्राहीले आफू र आफ्नो परिवारको सुरक्षालाई प्राथमिकतामा राखी आवश्यक सुरक्षा कदम चाल्नुपर्ने हालको परिस्थिती एवम् आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन “डिजिटल सिटिजन” अभियान अन्तर्गत “अनलाईन बीमा दाबी” सेवा शुभारम्भ गरेको हो ।
यो सुविधामार्फत अबदेखी सेवाग्राही अर्थात बीमितले बीमा दावी गर्नको लागि कम्पनीको कार्यालयमा नै गई राख्नु पर्दैन । ईन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनिबीमा दावी प्रकृया पुरा गर्न सकिन्छ । कम्पनीको वेबसाईटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाईनबाट दावी सम्वन्धि आवश्यक कागजपत्र अपलोड गरी सजिलै दावी प्रकृया अगाडी बढाउन सकिन्छ । सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुने हुनाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसंग सम्बन्धित विवरण पेश गर्ने प्रकृया चांडो हुने र जस्ले गर्दा बीमा दाबी भुक्तानी कार्य सहज हुने कम्पनीले जनाएको छ ।
“डिजिटल सिटिजन” अभियान अन्तर्गत अनलाईनमार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत एक बर्षदेखि सञ्चालनमा रहेको छ । कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ । ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालयसम्म आउनुपर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्व स्तरिय बनाउदै जाने क्रममा “डिजिटल सिटिजन” अभियान अन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलले जानकारी गराए ।
यसका साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागि ई सेवा, फोन पे, कनेक्न आईपिएस लगायतका डिजिटल बैकिङ्ग सुविधा र कम्पनीको बैंक खाताहरु उपलव्ध गराउनुका साथै ग्राहक तथा अभिकर्ताले कम्पनीसंगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको छ ।