neapl investment mega bank
  • गृहपृष्ठ
  • शिखर इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने

शिखर इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने

Jun 1st, 2021

काठमाडौ, जेठ १८

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रर्बन्धक नियुक्त गरेको छ ।

निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रुपमा स्थापित हुन सफल भएको कम्पनी हो । कम्पनीले हाल कायम भएको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार पाँच सय ७२ कित्ता हकप्रद शेयर आफ्नो शेयरधनीहरुमा जारी गर्दैछ ।

हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट कम्पनी सचिव सुरज राजबाहक तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेकाछन ।