neapl investment mega bank
  • गृहपृष्ठ
  • बैंक अफ काठमाडौंले निर्देशन बिपरित ब्याज घटायो, राष्ट्र बैंक बन्यो रमिते

बैंक अफ काठमाडौंले निर्देशन बिपरित ब्याज घटायो, राष्ट्र बैंक बन्यो रमिते

Jun 1st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ १८

बैंक अफ काठमाडौले महामारी लागेपछि आफ्नो खर्च घटाउन निक्षेपकर्तालाई दिएको ब्याज घटाएको छ। यसरी सामान्य बचतमा दिएको ब्याज घटाउँदा उसले राष्ट्र र्बैंकको निर्देशन बिपरित संस्थागत लगानीकर्ताको ब्याज पनि घटाएको छ। जुन नियम बिपरित हो ।

नेपाल राष्ट्र बैंकको नियमन विभागका उच्च तह होउन वा त तल्लो तहका सबैजसोको बैंक तथा वित्त सस्थामा ठूलो प्रभाव हुन्छ । दशैका समयमा घरको ढोकामै पुग्ने रक्सी त सामान्य नै हो ।

यसरी बैंकबाट पालिएका राष्ट्र बैंकका कर्मचारीहरु बैंकका गल्ती कमजोरी लुकाउन लागेका हुन्छन् । पछिल्लो घटना हो बैंक अफ काठमाडौंले राष्ट्र बैंकको निर्देशन बिपरित घटाएको ब्याज ।

बैंक अफ काठमाडौंले संस्थागत निक्षेपकर्तालाई बोलकबोल मार्फत प्रदान गरिने ब्याज चैतमा ७ प्रतिशत, बैंशाखमा ८ दशमलव १० र जेठमा घटाएर ७ दशमलव पाँच शुन्य दिने भनेर तीन महिनामा दुई पटक सस्ंथागत निक्षेपकर्ताको ब्याजदर परिवर्तन गरेको छ ।

निषेधाज्ञा सुरुभएपछि बैंक अफ काठमाडौंले साधारणबचतकर्ताले पाउने बचतको ब्याज घटायो । ३ प्रतिशतबाट साढे दुई प्रतिशतमा झार्याे । यता राष्ट्र बैंकको निर्देशन साधारण निक्षेपकर्ताको ब्याज र मुद्धति निक्षेपको ब्याजबिच ५ प्रतिशत भन्दा बढि गर्न नहुने निर्देशन छल्न खोज्दा अर्काे निर्देशन लत्याएको छ।

तरलता अभावका बेलामा सस्ंथागत निक्षेपकर्ताको बढेपछि नेपाल राष्ट्र बैंकले २०७५ सालमा यस्ता संस्थाले बोलकबोलबाट पाउने ब्याज बैंकहरुले ३ महिनासम्म परिवर्तन गर्न नपाउने व्यवस्था गर्याे ।

संस्थागत निक्षेपकर्ताले बैंक परिवर्तन गर्ने र ब्याजको बार्गेनिङ गर्ने क्रम बढेपछि ब्याजदरलाई केहि हदसम्म भएपनि नियन्त्रणमा राख्न राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको थियो । जुन व्यवस्था अहिले पनि कायमै छ । बरु मंगलबार एकिकृत निर्देशन जारी गर्दै यसलाई पुन गाढा रङमा लेखेर राष्ट्र बैंकले दोहोराएको छ । तर, यहि नै समयमा ५ वटा बैंकहरुले यस्तो निर्देशन भने लत्याएका छन् ।

बैंकहरुले अर्काे महिनामा लिने र दिने ब्याज अघिल्लो महिनामा नै प्रकाशन गरेको हुनुपर्छ । साधारण निक्षेपको ब्याजदर प्रत्येक महिनामा परिवर्तन गरेपनि बोलकबोल मार्फत संस्थागत निक्षेपकर्ताबाट लिने रकमको ब्याजदर भने तीन महिनासम्म परिवर्तन गर्न पाइदैन ।