काठमाडौ, जेठ १७
आज सोमबार नेप्से सुचक तथा कारोवार रकम दुुबै नै उच्च अंकले घटेकाछन । नेप्से आज ४५ दसमलव २५ अंकले घटेर २७ सय ८२ दसमलव ६८ अंकमा झरेकोमा सेन्सिटिभ पनि छ दसमलव ५८ अंकले घटेर पाँच सय दसमलव ४७ अंकमा झरेको छ । दुुई सय १८ वटा कम्पनीहरुको एक लाख ४८ हजार सात सय १५ पटकको कारोवारमा तीन करोड आठ लाख ८८ हजार छ सय ९५ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम १३ अर्ब ९० करोड ९१ लाख १३ हजार दुुई सय ९१ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सामुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी १२ वटा समुहको सुचक उच्च अंकले घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव दुुई अंकले घटेर १८ सय ५७ दसमलव ९७ अंकमा पुुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक सय २९ दसमलव ९३ अंकले घटेर २८ सय ८५ दसमलव ८८ अंकमा पुगेको छ । यि बाहेक बिकास बैैक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा राधी जलबिद्युुत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा छ्याङदी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने राधी जलबिद्युुत कम्पनी परेको छ ।