neapl investment mega bank
  • गृहपृष्ठ
  • गुराँस लाइफ इन्स्योरेन्स १४ औं वर्षमा प्रवेश

गुराँस लाइफ इन्स्योरेन्स १४ औं वर्षमा प्रवेश

May 31st, 2021

काठमाडौ, जेठ १७

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १३ औं वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय सुरु गरेको थियो । बार्षिकोत्सवको अवसरमा कम्पनीले कम बीमाशुल्कमा अधिकतम् प्रतिफल दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ । साथै आमजनताहरुमा बीमाको पहुँच पु¥याउन निरन्तर लागि पर्ने र आगामीदिनमा अझै सरल, छरितो, प्रविधिमैत्री बीमा सेवामार्फत अघिबढ्ने प्रतिबद्धता समेत जनाएको छ ।

कम्पनीले सञ्चालन अवधिको १४ वर्षको अवधीमा १० अर्ब भन्दा बढिको जीवन बीमा कोष बनाउन सफल भइसकेको छ । एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ चुक्ता पुुंजी भएको कम्पनीले १३ वर्ष पूरा गर्दा सुनौलो भविष्यको रेखा कोर्न सफल भइसकेको छ । कम्पनीले १३ वर्ष पूरा गरी १४ औं वर्ष प्रवेश गरेको अवसरमा ‘बीमा पनि बचत पनि, कम बीममा शुल्कमा उचित प्रतिफल पनि’ भन्ने नारालाई अघि सारेको छ ।