neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ४ हजार ३६९ जनामा कोरोना सङ्क्रमण, ६२०५ जना डिस्चार्ज,१०९ को मृत्यु

थप ४ हजार ३६९ जनामा कोरोना सङ्क्रमण, ६२०५ जना डिस्चार्ज,१०९ को मृत्यु

May 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १६ जेठ

आइतबार थप ४ हजार ३६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १२ हजार ७७० जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या पाँच लाख ५७ हजार ७९१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार १२४ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ७६३ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ जना छन् । हालसम्म ३० लाख ४२ हजार ३६९ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ६२०५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ६२०५ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या चार लाख ४० हजार ९५५ पुगेको छ ।

थप १०९ को मृत्यु

पछिल्लो २४ घण्टामा १०९ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या सात हजार २७२ पुगेको छ।