neapl investment mega bank
  • गृहपृष्ठ
  • प्राईम कर्मसियल बैंकको अध्यक्षमा पुन श्रेष्ठ

प्राईम कर्मसियल बैंकको अध्यक्षमा पुन श्रेष्ठ

May 30th, 2021

काठमाडौ, जेठ १६

प्राईम कर्मसियल बैंकको सञ्चालक समितीको अध्यक्ष पदमा पुन राजेन्द्र दास श्रेष्ठ चयन भएकाछन । बैंकको सञ्चालक समितिको २०७६ साल जेष्ठ २७ गते (तदनुसार १० जुन, २०१९) बसेको सञ्चालक समितिको तीन सय ६६ औं बैठकले सञ्चालक श्रेष्ठलाई दुुई वर्षको पदावधि कायम गरी सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो ।

पूनः यसै विषयमा सञ्चालक समितिको बैठकले श्रेष्ठको सञ्चालक समिति सदस्यको पदावधि रहुञ्जेलसम्मका लागि सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठलाई नै निरन्तरता दिने गरी २०७८ साल जेष्ठ १४ गते (तदनुसार २८ मे, २०२१) बसेको चार सय २२ औं बैठकले निर्णय गरेको हो ।