neapl investment mega bank
  • गृहपृष्ठ
  • एसईई परीक्षा वैकल्पीक मुल्यांकन बाट गर्ने बोर्डको निर्णय

एसईई परीक्षा वैकल्पीक मुल्यांकन बाट गर्ने बोर्डको निर्णय

May 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १६ जेठ

राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई वैकल्पीक मुल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ । बैठकले एसईई परीक्षा बैकल्पीक मुल्यांकन विधिबाट गर्ने निर्णय गरेको भएपनि शिक्षा मन्त्रालयको सिफारिस आवश्यक भएकाले शिक्षा मन्त्रालयको निर्णय बमोजिम परिक्षा हुने जानकारी दिए ।

उनले भने, एसईई परिक्षा वैकल्पीक मुल्यांकन बाट गरौँ भनेर शिक्षा मन्त्रालय लाई सिफारिस गरेको छौँ, अव शिक्षा मन्त्रालयको निर्णय बमोजिम परिक्षा हुन्छ ।

गत शिक्षा तथा मानव स्रोत विकाश केन्द्र द्धारा गठित कार्यदलले जेठ १४ गते बोर्डलाई कक्षा १२ र एसईई परीक्षाको विकल्प सहितको निर्णय पेस गरेको थियो तर कोरोना महामारीको संक्रमण दर बढ्दै गएपछि कक्षा १२ को हकमा भने वार्षिक परीक्षा बारे केहि निर्णय भएको छैन ।