neapl investment mega bank
  • गृहपृष्ठ
  • नेशनल माइक्रो फाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा

नेशनल माइक्रो फाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा

May 30th, 2021

काठमाडौ, जेठ १६

नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य एक हजार २२ रुपैयाँ तोकेको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम एक सय कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले २०७८ जेठ १६ गते देखि मिति २०७८ जेठ ३० गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रतिकित्ता आपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्यशिल बन्दीबोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।