काठमाडौ, जेठ १५
अर्थमन्त्री बिष्णुु पौडेलले बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को नियन्त्रण तथा रोकथाम र निर्वाचनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्ष २०७८–०७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेकाछन । अर्थमन्त्री बिष्णुु प्रशाद पौडेलले अध्यादेशमार्फत केही नयाँ कार्यक्रम थप गरेर धेरैजसो पुरानै कार्यक्रमलाई निरन्तरता दिंदै आगामी आर्थिक बर्षको लागि बजेट घोषणा गरेका हुुन ।
बजेटले बृद्धभत्ता बृद्धि, प्रतिनिधि सभा र स्थानीय तहको निर्वाचन, रेल, जलमार्ग बिस्तार निर्माण, स्वास्थ तथा पुर्वधार उपकरण खरिद, कोभिड १९ को खोप खरिद, श्रमिक तथा व्यवसायीक क्षेत्रलाई राहत तथा पुनरोत्थान, अपुरा परियोजनाहरुलाई निरन्तरता, नयाँ तथा पुराना एक दर्जन सुरङ मार्ग लगायतका क्षेत्र समेटको छ । यि सबै क्षेत्रमा समेटेर अर्थमन्त्री पौडेलले आगामी आर्थिक बर्षको लागि कुल ………….. बजेट बिनियोजन गरेका हुुन ।
गत आवमा भने सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड विनियोजन गरेको थियो । कुल विनियोजन मध्ये चालूतर्फ नौ खर्ब ४८ अर्ब ९४ करोड अर्थात ६४ दसमलव चार प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दसमलव नौ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७२ अर्ब ७९ करोड अर्थात ११ दसमलव सात प्रतिशत रहेको थियो । उक्त बर्षको बटेजमा श्रोत प्राप्तीको लागि राजस्वबाट आठ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड व्यहोर्दा पाँच खर्ब २४ अर्ब ५० करोड न्यून हुने र सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट दुुई खर्ब ९९ अर्ब ५० करोड जुटाईएको थियो । राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा पनि नपुग हुने दुुई खर्ब २५ अब रुपैयाँ भने आन्तरिक ऋणबाट बेहोरेको थियो ।
आगामी आर्थिक बर्षको बजेटले कोरोनाबाट प्रभावित व्यवसायलाई राहत दिने, शिथिल भएको आर्थिक क्रियाकलापलाई चलायमान बनाई पुनरुत्थान गर्ने र राजस्व प्रणालीलाई आन्तरिक आयमा आधारित बनाई सार्वजनिक वित्तको दिगो र भरपर्दो स्रोतको रूपमा स्थापित गर्दै जाने लक्ष्य लिएको छ । यि सबै गर्नको लागि कोरोना संक्रमण जोखिमका कारण प्रभावित कृषि, उद्योग तथा सेवा व्यवसायको पुनरुत्थान हुने गरी करका दर समायोजन, छुट तथा सहुलियत प्रदान गर्ने, करयोग्य आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउँदै प्रगतिशील, समन्यायिक, पारदर्शी र व्यवसायमैत्री राजस्व प्रणालीको विकास गर्ने, औद्योगिक संरक्षण गरी आन्तरिक उत्पादन प्रोत्साहन गर्न र अनावश्यक तथा मानव स्वास्थ्यका लागि हानिकारक एवं वातावरणमा ह्रास ल्याउने वस्तुको आयात निरुत्साहित गर्ने, र दक्ष, व्यावसायिक र स्वच्छ कर प्रशासनको विकास, प्रक्रियागत सरलीकरण, सूचना प्रविधिको प्रयोग, कर कानुनको परिपालना मार्फत कर सहभागिता अभिवृद्धि गर्ने र राजस्व चुहावट नियन्त्रण गर्ने बजेटमा उल्लेख छ ।
बजेट सार्वजनिक गर्दे अर्थमन्त्री पौडेलले भने, विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना रोगका कारण विश्वले एकैपटक मानवीय र आर्थिक संकट सामना गर्नु परेको छ । स्वास्थ्य संकटबाट उत्पादन, व्यापार तथा लगानीसम्मको श्रृखला प्रभावित भई विश्व अर्थतन्त्रमा संकुचन आउने स्पष्ट संकेत देखिएको छ । विश्व अर्थतन्त्रसँगको अन्तरआवद्धताको कारण नेपालको अर्थतन्त्रका प्रमुख क्षेत्रहरूमा समेत गम्भीर प्रभाव पर्न थालेको छ । सोही आधारमा सरकारले कोरोनाबाट नागरिकको जीवन रक्षा गर्ने र अर्थतन्त्रलाई गतिशील बनाउने गहन जिम्मेवारीबोध गरेको र सोही अनुसार बजेट निर्माण गरेको अर्थमन्त्री पौडेलले जानकारी दिएकाछन ।
विगत दुई वर्षको अथक प्रयासबाट हासिल भएको उपलब्धिको जगमा टेकेर विकास र समृद्धिको यात्रालाई तीव्रता दिने मार्गमा कोरोना महामारीका कारण धक्का् लागेको छ । शताब्दीकै यस विषम परिस्थितिमा सबै राजनैतिक दल, जनप्रतिनिधि, संघ संस्था र आम नागरिकको सहयोग र ऐक्यवद्धताले वर्तमान चुनौती सामना गर्न सकिन्छ भन्ने सरकारको दृढ विश्वास छ, अर्थमन्त्री पौडेलले भने ।
आगामी आर्थिक वर्षको बजेट नयाँ परिस्थितिले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने र प्राप्त अवसरलाई उपयोग गर्ने तर्फ केन्द्रित रहनुपर्छ भन्नेकमा म सजग छु । यस अवस्थामा सबै नेपालीको जीवन रक्षा गर्ने, भविष्य प्रति आधारयुक्त आशा जगाउने र अर्थतन्त्रको पुनरुत्थान गर्दे तीव्र विकासको बाटोमा लैजाने गरी मैले बजेट तर्जुमा गरेको छु, अर्थमन्त्री पौडेलले भने ।
बजेटले संक्रामक लगायत सबै प्रकारका रोग र विपद्बाट नागरिकको जीवन रक्षा गर्दे जनजीवनलाई सहज र सुरक्षित बनाउने, उपलब्ध साधन, स्रोत, अवसर र क्षमताको उच्चतम परिचालन गरी शीघ्र आर्थिक पुनरुत्थान गर्दे विकासको गतिलाई निरन्तरता दिने, नागरिकका मौलिक हक र अधिकारका रूपमा रहेका आवश्यकता परिपूर्ति मार्फत राज्यको लोककल्याणकारी भूमिका बढाउने, र सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकास मार्फत उत्थानशील, समुन्न त, स्वाधीन, समृद्ध एवम् समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्दे जाने लक्ष्य लिएको छ ।
बजेटका उद्देश्यहरू हासिल गर्न क्षेत्रगत र कार्यक्रमगत प्राथमिकता निर्धारण गरेको र यस अन्र्तगत कोरोना लगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउन स्वास्थ्य सेवाको दायरा विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण तथा स्तरोन्नाती र स्वास्थ्य जनशक्ति विकास गर्ने, कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदमबाट टुटेको उत्पादन र आपूर्ति श्रृङ्खलालाई पुनस्र्थापना गर्दे कृषि, उद्योग, पर्यटन, निर्माण लगायत प्रभावित व्यवसायको पुनरुत्थान, नागरिकका लागि काम र रोजगारीका अवसर, खाद्य सुरक्षा, सुरक्षित आवास, सार्वकालिक सामाजिक सुरक्षा र संरक्षण, विकासको शीघ्र प्रतिफल प्राप्त हुने र आगामी वर्ष भित्र सम्पन्न हुने अधुरा आयोजना कार्यान्वयन गर्ने, गुणस्तरीय र जीवनोपयोगी शिक्षा, सूचना प्रविधिको विस्तार, आधारभूत खानेपानी लगायतका सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको विकास तथा निर्माण, र संघीयता कार्यान्वयन, गुणस्तरीय तथा पहुँचयुक्त सार्वजनिक सेवा र उत्तरदायी तथा पारदर्शी शासन व्यवस्थाको सुदृढीकरण गर्ने लक्ष्य सरकारले लिएको छ ।
आगामी वर्षको क्षेत्रगत बजेट विनियोजन गर्दा कोरोनाको रोकथाम गर्दे आर्थिक पुनरुत्थान हुने, तत्काल प्रतिफल प्राप्त गर्न सकिने, आगामी आर्थिक वर्षमै सम्पन्नप हुने, चालु आयोजनाहरूको कार्यान्वयन निरन्तरता सुनिश्चित गर्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहको उच्चतम समन्वय र सहकार्य गर्ने तथा सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रसँगको साझेदारीबाट विकास प्रक्रियालाई अघि बढाउने कार्यक्रमतर्फ सरकारले जोड दिएको पनि अर्थमन्त्री पौडलेले जानकारी दिएकाछन ।